पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन : अष्टलक्ष्मी शाक्य


वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट पारेकी छिन् ।

नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् ।“म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।

आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन गर्ने बताउँदै उनले पार्टी विभाजनले प्रदेश र मुलुककै लागि दुःखद् भएको बताइन् ।मुख्यमन्त्रीले दल परिवर्तन गर्ने आफ्ना दलका प्रदेशसभा सदस्यसँग तथा अन्य दलसँग समेत वार्ता गरी आफ्नो सरकारलाई निरन्तरता दिने वातावरण बनाउने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *