कांग्रेस महाधिवेशन: पौडेल पक्षमा एउटै टिम बनाउने सैद्धान्तिक सहमति


कांग्रेसको पौडेल कोइराला पक्षका सभापतिका आकांक्षीहरूको बैठकमा सैद्धान्तिक सहमति भएको छ । पौडेल निवासमा छोटो समय बसेर गौशालास्थित अनुपम फडल्याण्डमा आएर बसेका सभापतिका आकांक्षीहरूबीच सैद्धान्तिक सहमति भएको नेताहरूको दाबी छ ।

उनीहरूले आफूहरूबीच भएको सहमति आफ्नो पक्षका सबै नेताहरूलाई राखेर बिहीबार जानकारी गराउने तयारी गरेका छन् ।
“सभापतिका आकांक्षीहरूबीच आज सैद्धान्तिक सहमति भएको छ,” नेता बलबहादुर केसीले भने, “सभापतिदेखि पदाधिकारीसम्म एउटै टिम बनाएर महाधिवेशनमा जान्छौँ भनेर भोलि आफ्नो पक्षका नेता कार्यकर्ताहरूलाई सार्वजनिक रूपमा प्रतिबद्धता जाहेर गर्ने कार्यक्रम राखिएको छ ।”

केसीले व्यक्तिका विषयमा पनि महासमिति सदस्यको निर्वाचन अगावै निर्णयमा पुग्ने समझदारी भएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *