बुधबारसम्म पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ : स्वास्थ्य मन्त्रालय


नेपालमा बुधबारसम्म एक करोड ९२ हजार १६४ डोज कोरोना विरुद्धको खोप लगाइसकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये पूर्ण खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ रहेको छ ।

पहिलो मात्रा खोप लगाउनेको संख्या ५४ लाख २४ हजार ८३६ रहेको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना विरुद्धको खोप लगाउने लक्षित जनसंख्याको १५.४ प्रतिशतले पूर्ण खोप लगाइसकेको छ । मन्त्रालयका अनुसार १७.९ प्रतिशतले पहिलो डोज लगाइसकेको छ ।नेपालमा कोरोनाविदरुद्धको खोप लगाउने लक्षित जनसंख्या २ करोड १७ लाख ५६ हजार ७६३ हो । जुन नेपालको कुल जनसंख्याको ७१.६ प्रतिशत हो ।

सरकारले खोप लगाउने अभियान जारी रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *