भीम आचार्यले लिए प्रदेश १ को मुख्यमन्त्रीको शपथ
एमाले सचिव भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई बिहीवार मध्याह्न पद तथा गोपनीयताको शपथ समेत दिलाइसकेका छन् ।आचार्यलाई संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री शेरधन राई राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।
राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ ।नवगठित नेकपा एकीकृत समाजवादीको पक्षमा लाग्ने सांसदहरूलाई दल रोज्न २१ दिनको समय छ ।