क्रियाशील सदस्यता विवाद समितिले गरेको निर्णय आजबाट कार्यान्वयनमा
क्रियाशील सदस्यता विवाद समाधान समितिले गरेको निर्णय आज (बुधबार) बाट कार्यान्वयनमा आउने भएको छ । समितिले सोमबार १९ दिन लगाएर तयार पारेको १० बुँदे निर्णयको कार्यान्वयनको जिम्मा ५ जना केन्द्रीय सदस्यहरूलाई दिएको छ ।
निर्णय कार्यान्वयन गराउने जिम्मा आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, प्रदीप पौडेल र योगेन्द्र चौधरीले पाएका छन् । निर्णय कार्यान्वयन समितिका सदस्य परियारले आफूहरूले बुधबारबाट काम सुरु गर्ने जानकारी दिए । उनले आफूहरूले पाएको जिम्मेवारीअनुसार काम गर्ने बताए ।
जसमा प्रदेश १ र २ सँग सम्बन्धित निर्णय कार्यान्वयन गराउने जिम्मा ढुंगाना र परियारलाई दिइएको छ । वाग्मती र गण्डकी प्रदेशका लागि घिमिरे र पौडेल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि परियार र योगेन्द्र चौधरीलाई जिम्मा दिइएको छ ।