नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै


नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ ।

बैठकको आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।यसअघि हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधव नेपालको साथ छाडेका नेताहरुबीच छलफल भएको थियो । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,रघुजी पन्तले पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *