अब एमालेमा तेस्रो गुट स्वीकार्न सकिन्न्,यो गुटबन्दीको निरन्तरता मात्रै : केपी शर्मा ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् ।

माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।सगरमाथा टेलिभिजनसँगको अन्तरवार्तामा ओलीले भने,’अर्को गुटबन्दीको शिलशिला कुनै पनि हालतमा स्वीकार्न सकिन्न ।
यो कुनै स्वस्थ प्रतिस्पर्धा हैन, गुटबन्दीको निरन्तरता हो ।’ उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताए । ओलीले ७५ जेठ २ अब नआउने प्रष्ट पारे।‘मैले उहाँहरुलाई सोध्या छैन। थपक्क पार्टीमा काम गर्न छोडेर के को वक्तव्यबाजीरु’, सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा ओलीले भनेका छन् ।

ओलीले एमालेका लागि माधवकुमार नेपालको ‘च्याप्टर’ पनि अब ‘क्लोज’ भएको बताए । माधव नेपालले पार्टी छाडेर गएकोमा पनि अब नेता कार्यकर्ताले विस्मात मान्न नपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *