क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न जिल्ला सभापतिहरुको माग
नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन् ।
काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गरेका छन् ।
सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ ।
गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको तर क्रियाशील सदस्यताको विवाद आजसम्म पनि विवाद टुङ्गो लागिसकेको छैन ।