हाथवे इन्भेष्टमेन्ट लिमिटेडले आईपिओ निष्काशन गर्ने


हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले भदौ २५ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो । साधारणसभामा कम्पनीले कम्पनीको हल कायाम चुक्ता पुंजी १ अर्ब १७ करोडको १२।५ प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता शेयर सर्बसाधारणलाई बिक्रि गर्ने विशेष प्रस्ताव पेश गर्न लागेको हो ।
त्यस्तै कम्पनीले साधारणसभामा ३० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *