अरुण काबेलीको लाभांश घोषणा, भदौ २६ मा साधारणसभा


अरुण कावेली पावर ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साथै कम्पनीले उक्त बोनसपश्चात १ बराबर १ शेयरको अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ।

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले भदौ २६ गते शनिबार विहान ११ बजे कम्पनीको प्रधान कार्यलयमा साधारण सभा बोलाएको छ। सभा भने भर्चुअल माध्यमबाट हुने छ।

उक्त साधारणसभाले परित गरेपछि शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।सधारण सभामा कम्पनीले ७ जना सञ्चालकको सँख्या घटाएर ५ जनामा झार्ने प्रस्ताव समेत राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *