आईपीओ निष्कासनका लागि थ्रि स्टार हाइड्रोपावरले दियो निवेदन
थ्रि स्टार हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको छ । कम्पनीले १२ लाख ३१ हजार २५० कित्ता आइपीओ निष्कासन गर्नका लागि साउन १७ गते बार्डसँग अनुमति मागेको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजनाप प्रभावित स्थानिय र सर्वसाधारणको लागि आइपीओ निष्कासन गर्न बार्डसँग अनुमति मागेको हो । कम्पनीले खोटाङ जिल्लामा ७ दशमलव १५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।