फेरि आफ्नो पकड बलियो बनाउदै तालिबान


तालिबानले अफगानिस्तानको जोजन राज्यको राजधानीमाथि पनि नियन्त्रण जमाएको छ। शनिवार तालिवानले अफगानिस्तानको निमरुज प्रान्तको राजधानी जरान्ज शहर नियन्त्रणमा लिएको थियो।

सन् २००१ मा अमेरिकी नेतृत्वको कारवाहीबाट अफगानिस्तानको सत्ताबाट बाहिरिएको तालिवान केही महिनायता फेरि सक्रिय भएको छ। अफगानिस्तानबाट विदेशी सेना फर्किने तय भएपछि तालिवानले फेरि आफ्नो पकड बलियो बनाउने प्रयास गरेको हो। यसबिच दुई दिनको अवधिमा तालिवानले दुई प्रान्तीय राजधानी नियन्त्रणमा लिन सफल भएको छ।

यद्यपि, अफगानिस्तान सरकारले भने तालिवानले यी राज्यहरुमा पूर्ण नियन्त्रण कायम नगरेको दाबी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *