खोप केन्द्रहरुमा हुने गरेको भिड व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने गरेको भिड व्यवस्थापन गर्न निर्देशन दिएको छ । खोप केन्द्रमा भइरहेको भिडले कोरोना संक्रमणको जोखिम थप बढाएको भन्दै आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

“खोप केन्द्रहरुमा भइरहेका भिडभाडप्रति यस मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ । खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा थप स्वयंसेवकहरु परिचालन गरेर भए पनि खोपको प्राथमिकता र पालोमा परेका सर्वसाधारणहरुलाई सहज हुने व्यवस्था गर्नु हुन अनुरोध गर्दछौं,” मन्त्रालयले एक अपिल जारी गर्दै भनेको छ, “हाल चलिरहेका र सुरु हुने अभियानहरुमा जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुन गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समितिहरु, जिल्ला स्वास्थ्य कार्यालयहरु, स्थानिय निकायहरु र सबै सरोकारवालाहरुलाई अनुरोध छ ।”

कोभिड १९ संक्रमणको उच्च जोखिमबाट जोगाउन सञ्चालन भइरहेको खोप अभियान सफल बनाउन सबैले जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न र गराउन पनि मन्त्रालयले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *