तीन प्रदेशमा‘भारी वर्षा’को सम्भावना,सतर्क रहन् विभागको आग्रह
मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनर चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।यस्तै प्रदेश १ को केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।