टोकियो ओलम्पिक,मेक्सिकोलाई हराउँदै ब्राजिल फाइनलमा


टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज सम्पन्न पहिलो सेमिफाइनलमा मेक्सिको यू २३लाई हराउँदै ब्राजिल यू २३ फाइनलमा प्रवेश गरेको छ। इबाराकी कासिमा स्टेडियममा सम्पन्न खेलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिलले फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको समयसम्म दुबै पक्षबाट गोल हुन नसक्दा खेल अतिरिक्त समयमा पुगेको थियो। तर, अतिरिक्त समयमा पनि दुबै पक्षले गोल थप्न नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो।पेनाल्टीमा मेक्सिकोले सुरुका दुई अवसरमा चुकेको थियो भने ब्राजिलले लगतार गोल गर्दा ४-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *