नेपाली फुटबल टोलीका प्रशिक्षक अलमुताइरीले मागे माफी


नेपाली फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले पूर्व खेलाडी र प्रशिक्षकले आफूले अन्तर्वार्तामा भनेका कुराहरुलाई गलत अर्थमा बुझेको भन्दै माफी मागेका छन्। यसअघि प्रशिक्षक र खेलाडी नयाँ ठाउ हेर्न जाने र कम भन्दा कम गोल खाने लक्ष्य लिएर जाने गरेको भन्ने आशयमा अन्तर्वार्ता दिएपछि उनले पूर्व खेलाडी र प्रशिक्षकको आलोचना सहनु परेको थियो। उनीविरुद्ध पूर्व खेलाडी र प्रशिक्षक आक्रोशित बनेका थिए।

यसमा उनले आफ्नो ुइन्टेन्सनु खराब नभएको भन्दै आफूले नेपाल लगायतका एसियाली टिमहरुको पछिल्लो तीन दशकको अवस्थाबारे बताउन चाहेको फेसबुक स्टाटसमा उल्लेख गरेका छन्।उनले केही दिन यता आफ्नो भनाइलाई गलत तरिकाले बुझिएको बताउँदै त्यसका लागि माफी समेत मागेका छन्।

म नेपालीहरु खासगरि पूर्व खेलाडी, प्रशिक्षक र ती सबै जसले मेरो इन्टेन्सनलाई गलत तरिकाले बुझे, उनीहरुसँग म माफी माग्न चाहन्छु, अलमुताइरीले फेसबुक स्टाटसमा लेखेका छन्।

अलमुताइरी पछिल्लो समय एन्फामा विवादको केन्द्रमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *