माओवादी केन्द्रको स्थायी कमिटी बैठक, मन्त्रिपरिषद् विस्तार लगायत विषयमा छलफल गरिने
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ ।
बैठकका लागि नेताहरु पार्टी कार्यालय पेरिडाँडामा आउनेक्रम जारी रहेको कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठक केही बेरमा नै सुरु हुने उनले बताए ।माओवादी केन्द्रले यही साउन २० गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । आजको बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उनले जानकारी दिए ।
त्यस्तै, समसामयिक राजनीति, मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरिने बताइएको छ ।