३ वटा कम्पनीले पाए आईपिओ निष्काशनको अनुमति


एक साथ ३ वटा कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले न्यादी हाइड्रोपावर लिमिटेड, साहस उर्जा लिमिटेड, र बुद्धभुमि नेपाल हाइड्रोलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

न्यादी हाइड्रोपावर

न्यादीले मङ्सिर १० गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन ११ गते अनुमति दिएको हो । कम्पनीले आयोजना प्रभाववित स्थानीय र सर्बसाधारणको लागि ४० करोड ५० लाख बराबरको ४० लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । जस मध्ये १५ लाख आयोजना प्रभावित स्थानीयलाई छुट्याईएको छ भने ३ लाख कित्ता कम्पनीका संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुका लागि र वाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई छुट्याईएको छ । सर्वसाधारणलाई छुट्याईएको २२ लाख ५० हजार मध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहिक लगानी कोष र ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्टाएको छ। हाल कम्पनीको जारी पुँजी डेढ अर्ब रहेको छ ।

शेयर निष्काशनको लागि कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले नागरिक लगानी कोषलाई शेयर प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरिसकेको छ । सर्वसाधारणलाई शेयर जारि गर्दा बिक्रि नभई बाँकि रहेको शेयर कोषले खरिद गर्ने छ । कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा बुटवल पावरको समेत लगानी छ ।

साहस उर्जा

साहस उर्जा लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा मङ्सिर २४ गते आवेदन दिएकोमा बोर्डले साउन १४ गते अनुमति प्रदना गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल १ अर्ब ५ करोड बराबरको १ करोड ५ लाख कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटलले बिक्रि प्रबन्धक रहेको छ । साहस उर्जाले सोलुखुम्बुको सोलु खोलामा ८६ मेगावाटको सोलु खोला ९दुधकोशी० जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

बुद्धभूमी नेपाल

बुद्धभूमी नेपाल हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै माघ ८ गते बोर्डमा आवेदन दिएकोमा बोर्डले साउन १४ गते अनुमति प्रदान गरेको हो । कम्पनीले सर्वसाधारण तथा स्थानीयको लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *