बक्यौता रकम नपाए उखु किसानले काठमाडौंमा फेरि आन्दोलन गर्ने
उद्योगबाट बक्यौता रकम नपाएपछि उखु किसानले फेरि काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेका छन् । बिहिबार पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले आन्दोलनको घोषणा गरेको हो ।
यसका लागि समितिले भदौ ५ गतेसम्म किसानको सबै भुक्तानी दिन सरकारलाई पत्र बुझाएको छ । बाँकी सबै भुक्तानी नपाए आन्दोलन चर्काउने समितिले जनाएको छ ।समितिका अनुसार किसानले करिब ९० करोड रुपैयाँ अझै पाउन बाँकी छ । वर्षौँदेखि उखुको भुक्तानी नपाउँदा उखु किसानहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।