अलमुताइरीले छानविनको माग गर्दै एन्फामा दिए निवेदन


नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले छानविनको माग गर्दै अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दिएका छन्। साउन १० गते राजीनामा दिने सामाजिक सञ्जालबाट घोषणा गरेका अलमुताइरीले एन्फामा दुई सञ्चारकर्मी र वरिष्ठ उपाध्यक्षसँगको विवादबारे छानविन गर्न भन्दै निवेदन दिएका हुन्।

दुई जना पत्रकारको विषय र वरिष्ठ उपाध्यक्षसँगको विषयमा आवश्यक छानविन होस भनेर निवेदन दिनु भएको छ, एन्फाका प्रवक्ता किरण राईले भने, उपाध्यक्ष ज्यूले अगाडि नै दिनु भएको थियो। भोलि यस विषयमा मिटिङ भएकाले आज दिनु भएको छ।

एन्फामा भोलि साफ च्याम्पियनसीप र हेडकोच प्रकरणमा छलफल गर्नका लागि कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको छ।

अमुताइरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले केही सातायता आफूलाई दु:ख दिएको कारण राजीनामा दिने बताएपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *