नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप


नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रमा छिटोमा साउन १३ सम्म र सो अवधिसम्म पर्य्पट आवेदन नपरेमा साउन २४ सम्म आवेदन दिन सकिने ब्यबस्था थियो । सोहि ब्यबस्था अन्सुअर अब साउन २४ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको हो ।

बैंकले साउन १० गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार अंकित दरको ३ अर्बले हुन आउने ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

जस मध्ये १८ लाख कित्ता निजि तबरबाट बिक्रि हुनेछ भने १२ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन हुने छ । सर्वसाधारणलाई छुट्याईएको १२ लाख कित्ता मध्येबाट ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई बिक्रि हुने छ। ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८ प्रतिशत ब्याज भुक्तान गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले बैंकलाई जेठ ११ गते ऋणपत्र निष्काशनको अनुमति दिएको हो । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *