प्रभु बैंकको संस्थापक शेयर साउन १५ गतेदेखि लिलामीमा आउने
प्रभु बैंकले २ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक समुहको २ लाख २ हजार १ सय ८६ कित्ता संस्थापक शेयर साउन १५ गतेदेखि लिलाम गर्ने भएको हो ।
यस शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीहरु र अन्य जो कोहि व्यक्ति वा संस्थाले आवेदन दिन सक्ने छन् । योग्य लगानीकर्ताले साउन २९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
यी शेयरको न्युनतम मूल्य प्रति कित्ता २१० तोकिएको छ । आवेदन दिंदा सो भन्दा बढी मूल्य कबुल गरेर आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी रकम कबुल गर्नेले शेयर पाउने छन् ।
सबैभन्दा बढी रकम कबुल गर्नेले शेयर पाएपछि पनि शेयर बाँकि रहेको खण्डमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छन् । शेयर नसकिंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । शेयर लिलाम प्रक्रियाको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
आवेदन दिंदा न्युनतम १००० कित्ता र अधिकतम पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।