पार्टीले लिने नीति अनुसार आफूहरू अघि बढ्ने माधव नेपालको भनाई
नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले लिने नीति अनुसार आफूहरू अघि बढ्ने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीभित्र छलफल चलिरहेको छ । पार्टी कसरी अगाडि बढ्छ सोही अनुसार आगामी बाटो तय गर्नेछौँ ।’नेता नेपालले पार्टीमा आफूहरूमाथि धेरै अपमान भएको बताएका छन् । उनले अपमान सहेर कोही पनि बस्न नसक्ने बताएका छन् ।
उनले भने, ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन् । गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशीक्षण हामीले पाएका छैनौँ ।’
अरूको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए।