खोप केन्द्रहरु व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


सरकारले कोरोनाविरुद्धको खोप केन्द्र व्यवस्थित गर्न निर्देशन दिएको छ । पर्याप्त खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरु संचालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारले अभियानकै रुपमा खोप लगाउने भन्दै खोप केन्द्र र आवश्यक जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयले भनेको हो । हाल संचालनमा रहेको खोप अभियानका क्रममा काठमाडौंलगायत देशका विभिन्न भागहरुमा खोप केन्द्रहरुमा अत्याधिक भिडभाड भएको साथै कतिपय स्थानहरुमा लक्षित समूहलेनै खोप प्राप्त नगरेको गुनासो आएको मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउबाले मुख्य सचिब र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिबलाई बोलाएर हाल संचालनमा रहेको खोप कार्यक्रमलाइ थप व्यबस्थित गर्न निर्देशन दिइसकेका छन् ।

“खोपको स्थानीय व्यबस्थापन र सुक्ष्म योजना प्रदेश र सो मातहतको सम्बधित जिल्ला स्थित स्वास्थ्य कार्यालय र स्थानीय सरकार महानगररउपमहानगररनगरपालिका वा गाउपालिकाले समन्वयमा गर्ने हुँदा सबै सम्बेदनशील बनिदिनु हुन र यथेष्ट खोप केन्द्रको व्यवस्था गर्न र सबै खोप केन्द्रहरु संचालन भएका अस्पताल वा खोप केन्द्रमा खोप दिने जनशक्तिको व्यवस्थापनका लागि सम्बधित सबै पक्षलाई मन्त्रालय अपिल गर्दछ,” प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *