राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा विदेशी हिट स्कवाड समूहको संलग्नता


हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा अवकाशप्राप्त कोलम्बियन सैनिकसहितको विदेशी हिट स्कवाड समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख लिओन चार्ल्सले आक्रमण गर्ने समूहमा २६ जना कोलम्बियन र दुईजना हाइटी मूलका अमेरिकी नागरिक रहेको बताए। हालसम्म प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ भने चारजनाको मारिएका छन्। बांकी संदिग्धहरु फरार रहेका छन्। प्रहरी अझै हत्याको योजना बनाउने मास्टरमाइन्ड को खोजीमा छ।बुधवार बन्धुकधारी समूह राष्ट्रपति निवासमा प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका थिए। आक्रमणमा हाइटीकी प्रथम महिला घाइते भएकी थिइन्।

राष्ट्रपति मोइसीको हत्यामा संलग्न सूमहको फरार सदस्यहरुको खोजीलाई प्रहरीले तीव्र बनाएको छ।राष्ट्रपतिको हत्यापछि सुरक्षा अवस्थालाई बिग्रिन नदिन देशभर संकटकाल लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *