खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तिमा ५२ को मृत्यु


बंगलादेशको एउटा खाद्यान्न प्रशोधन कारखानामा आगलागी हुँदा कम्तिमा ५२ जना मानिसले ज्यान गुमाएका छन्। आगोको ज्वालाबाट बच्न कैयौंले माथिल्लो तलाबाट हाम फालेका थिए।

प्रहरीलाई उद्धृत गर्दै एएपीले जनाएअनुसार ढाकाबाट २५ किलोमिटर दुरीमा रहेको रुपगञ्जमा यस्तो दुर्घटना भएको हो। औद्योगिक क्षेत्रमा रहेको उक्त कारखानामा लागेको आगो अझै निभिसकेको छैन।

हसेम फुड एन्ड विभरेजको कारखानमा हिजो साँझ स्थानीय समयअनुसार ५ बजेदेखि आगो लाग्न सुरु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *