असम्बन्धित व्यक्तिले पार्टी खारेज हुनुपर्छ भन्नु हास्यास्पद : माओवादी केन्द्र


नेकपा (माओवादी केन्द्र) ले दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा दर्ता भएको निवेदनलाई हास्यास्पद भनेको छ ।

पार्टी छोडेर एमालेका लागेका पूर्व माओवादी नेताहरूले माओवादी केन्द्र पार्टी अवैधानिक रहेको दाबी गर्दै दल दर्ता खारेजीको मागसहित आयोगमा निवेदन दिएका छन् । माओवादी केन्द्रले आज विज्ञप्ति जारी गर्दै उक्त निवेदन आयोगमा दर्ता भएको प्रति आपत्ति जनाएको हो ।

केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीसँग कुनै पनि सरोकार नराख्ने व्यक्तिले आयोगमा निवेदन दिएको र दल दर्ता र दल खारेजीसम्बन्धी सामान्य कानूनी प्रक्रियासमेत जानकारी नभएको व्यक्तिले यस्तो हरकत गर्नु हास्यास्पद देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *