निर्वाचन आयोग जाँदै जसपाका दुवै पक्ष, के होला संभावना ?


निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई आन्तरिक मेलमिलापका लागि आज बोलाएको छ । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो ।कोभिड-१९ संक्रमणको जोखिम कायमै रहेकाले भिडभाड हुने भन्दै ७-७ जनालाई मात्र उपस्थित हुन भनिएको आयोगका एक अधिकारीले जानकारी दिए । आजको छलफलमा आयोगका प्रमुख आयुक्त, आयुक्त, आयोगका केही कर्मचारी, दुवै पक्षका नेताहरु र कानुन व्यवसायी रहनेछन् ।

दुई पक्षबीच आपसी समझादरी कायम भए सोही अनुसार निर्णय हुनेछ । सहमति नभए इजलास गठन प्रक्रियाबाट अघि बढ्ने छन् । मेलमिलापका लागि बोलाए पनि स्रोतका अनुसार उनीहरुबीच यो सम्भावना छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *