विद्रोही समूहद्धारा इथियोपियाको क्षेत्रिय राजधानी मिकेली कब्जा


इथियोपियाको ट्रिग्रेमा विद्रोही समूह ( टिग्रे पिपल्स लिबरेसन फ्रन्ट) ले क्षेत्रिय राजधानी मिकेली कब्जा गरेको बताएका छन्। इथियोपियन सेनाविरुद्ध आक्रमण गर्दै आइरहेको उक्त समूह मिकेली नियन्त्रणमा राखेको बताएसँगै इथियोपियन सरकारले एकतर्पी युद्धविराम घोषणा गरेको छ। तर, इथियोपियन सरकारले क्षेत्रिया राजधानीबाट आफ्नो नियन्त्रण गुमेको पुष्टि गरेको छैन।

विद्रोही समूहले उक्त क्षेत्रमा नियन्त्रणमा लिएपछि त्यहाँ उत्सव मनाइएको बीबीसीले उल्लेख गरेको छ।टिग्रे क्षेत्रमा विद्रोही समूहहरु सक्रिय भएसँगै गत नोभेम्बरदेखि इथियोपियन सरकारले त्यहाँ आक्रामक कारवाही सुरु गरेको थियो। इथियोपियन प्रधानमन्त्री अबी अहमदले टिग्रे लडाकू समूहविरुद्ध अन्तिम चरणको कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि टिग्रे नेताहरुले भने सरकारसँग आफूहरु लड्न तयार भएको बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *