न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति प्रधानमन्त्रीको असन्तुष्टि
प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् ।
नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेका केही फैसलाप्रति गुनासो गर्दै ती फैसलाले सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको बताएका हुन् ।
उनले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी अदालतको पछिल्लो आदेश सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको भएको टिप्पणी गरे ।
‘नयाँ संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ४ चोटि पुनर्गठन गर्नुभएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि पनि पुनर्गठन गर्नुभएको छ । अदालतमा दर्ता हुँदैन भनेर ढोकाबाटै फर्काइएको छ ।
कसैले गरेको कामको विरुद्ध दर्तै हुँदैन । तर, कसैले गरेको काम चाहिँ खोजी खोजीकन गरिन्छ । त्यसको अरु कारण होलान् ।’, उनले भने, ‘बाढी पहिरो यस्तो अवस्था छ, यस्तो अवस्थामा गृहमन्त्री छैन । कोभिड १९ को यस्तो महामारी छ, स्वास्थ्यमन्त्री छैन । अदालतले त जरुरी परेको बेला आवश्यकताको सिद्धान्त भनेर प्रतिपादन गर्छ ।