असार १७ देखि आउंदै मनकामना स्मार्ट लघुवित्तको आईपिओ
मनकामना स्मार्ट लघुवित्तले असार १७ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ६३ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि आवेदन दिन सकिने छ ।
शेयर कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपिओमा असार २१ गतेसम्म आवेदन दिन सकिने छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार ६ गते आइतवार आईपिओ निष्काशनको लागि अनुमति दिएको हो । कम्पनीले फागुन १४ मा शेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।मनकामना स्मार्ट लघुवित्तले डबल बि माइनस (BB-) को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई डबल बि माइनसको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले पनि मध्यम जोखिम जनाउछ ।