स्वास्थ्य केन्द्रलाई सामाग्री प्रदान


कोरोना महामारीको नियन्त्रणमा मद्धत पुर्याउने उद्देश्य सहित अन्तर्राष्ट्रिय बागलुङ समाज र एन आर एन बेल्जियमले बागलुङको बागलुङ नगरपालिका वार्ड नम्बर ६ मा रहेको शहरी स्वास्थ्य केन्द्रलाई केही स्वास्थ्य सामाग्री बितरण गरेका छन् ।


केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै पुर्व राज्य मन्त्री (सहकारी तथा गरिबी निवारण ) चम्पा देवि खड्काले यस्ता खालका सहयोगले समुदायलाई कोरोना विरुद्ध लड्न सक्षम बनाउने बताईन् । त्यस्तै अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक संरक्षक तथा एन आर एन बेल्जियमका उपाध्यक्ष गंगाप्रसाद शर्माले यी सामाग्रीको सहि सदुपयोग हुनुपर्नेमा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *