अपराजित रहँदै इटली समूह ए को विजेता


यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न समूह ए को खेलमा इटलीले वेल्सलाई र स्वीजरल्याण्डले टर्कीलाई हराएको छ। त्यस्तै आजै सम्पन्न अर्को खेलमा स्वीजरल्याण्डले टर्कीलाई हराएको छ।

इटलीको रोमस्थित स्टेडियो ओलम्पिकोमा सम्पन्न खेलमा इटलीले वेल्समाथि १-० को जित निकाल्यो। खेलको ३९ औं मिनेटमा म्याट्टेओ पेसिनाको गोलमा इटलीले अग्रता बनाएको थियो।
अर्कोतर्फ दोस्रो हाफमा वेल्सका इथान अम्पाडु रेडकार्ड खाँदै बाहिरिँदा वेल्स १० खेलाडीमा समेटिएको थियो। यद्यपि दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा पेसिनाको गोल नै खेलका लागि निर्णायक बन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *