वामदेव र विष्णु पौडेलबीच भेटवार्ता,के मिल्छ विवाद?
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता वामदेव गौतम र संगठन विभाग प्रमुख विष्णु पौडेलबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहान १० बजे गौतमनिवास भैँसेपाटीमा कुराकानी भएको बताइएको छ ।
गण्डकी प्रदेशमा धक्का बेहोरेको एमालेले आन्तरिक एकताको कसरत गरिरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली जेठ २ गते फर्कन ‘लचिलो’ देखिएका छन् । त्यसका लागि छलफल गरिरहेको र त्यही सिलसिलामा पौडेल गौतम निवास पुगेका हुन् ।“वामदेव गौतमले जेठ २ कै स्थायी कमिटी बोलाउन माग गरिरहनुभएको छ । उहाँहरूबीच त्यही विषयमा कुराकानी भयो । गौतम र पौडेलबीच नियमितजसो संवाद भइरहेको छ,” स्रोतले भन्यो ।