कुनैपनि प्रयोजनको लागि असार १ गतेदेखि सडक खन्न नपाइने


सरकारले असार १ गतेदेखि कुनै पनि सडक खन्न नदिने भएको छ । भौतिक पूर्वाधार तथा वातावरण मन्त्रालय अन्तर्गतको सडक विभागले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनको लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरि यथास्थितिमा ल्याउन नसकिने र सडक पनि बिग्रदै जाने भएकोले सडक खन्न नदिने जनाएको हो ।

विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले २०७८ साल असार १ गतेदेखि देखि २०७८ साल भदौ मसान्तसम्म कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्नको लागि स्वीकृति नदिने भएको हो ।

कसैले जबर्जस्ती सडक खने सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *