प्रोत्साहन मनको लागि अमृत हो,त्यसलाई बचाई राख
महाभारत युद्ध भइरहेको थियो । एकातिर अर्जुन थिए र उनका सारथी थिए श्रीकृष्ण । अर्कोतिर कर्ण थिए र सारथी थिए शल्य ।
कृष्णले कर्णको सारथी शल्यसँग भने- तिमी हाम्रो विरुद्धमा अवश्य लड, तर मेरो एउटा कुरा मान्नू । जब कर्णले प्रहार गर्छन् तब भन्नू- यो पनि कुनै प्रहार हो र रु तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ । यही कुरा मात्रै दोहोर्याइ रहनू ।सारथी शल्यले कृष्णको कुरा स्वीकार गरे ।
युद्ध आरम्भ भयो । कर्णको हरेक प्रहारमा शल्यले भन्थे-यो पनि कुनै प्रहार हो र ? तिमीलाई त प्रहार नै गर्न आउँदैन रहेछ ।उता, अर्जुनको हरेक प्रहामा कृष्ण भन्थे- वाह, क्या प्रहार गर्यौ । वाह ! क्या निशाना साध्यौ ?प्रत्येक पटक कर्ण हतोत्साहित हुन्थे । यसबाट कर्णको बल क्षीण हुँदै गयो । उनको शक्ति बिस्तारै घट्दै गयो र उनी शक्तिहीन भए ।
उता अर्जुनको शक्ति बढ्दै गयो र पाण्डव पहिलाभन्दा धेरै शक्तिशाली भए । त्यसैले प्रोत्साहन मनको लागि अमृत हो, जबकि हतोत्साहित मन पराजयको पहिलो भर्याङ ।