खरिद गरेको शेयर बिक्रि गरेमा थप कर
अब १ वर्षभन्दा कम समय मै आफुले खरिद गरेको शेयर बिक्रि गरेमा थप कर लाग्ने भएको छ । सरकारले आर्थिक अध्यादेश २०७८ मा यस्तो ब्यबस्था गरेको हो ।
जस अनुसार अब आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ । यद्यपि यो नाफामा मात्र लाग्ने कर हो । यदि शेयर बिक्रि गर्दा घाटा बह्येको छ भने लाभकर तिर्नु पर्दैन ।
यस अघि अवधिको शेयर होल्ड गरेको आधारमा लाभकर छुट्याईएको थिएँन । शेयर लगानीकर्ताहरुले ट्रेडर र लगानीकर्ता छुट्याएर सोहि अनुसार लाभकर कायम गर्न माग गरेका थिए । तर सरकारले १ वर्ष भन्दा बढी समय शेयर होल्ड गर्ने लगानीकर्ताको लाभकर नघटाई १ वर्ष भन्दा कम शेयर होल्ड गर्ने लगानीकर्ताको लागि लाभकर बढाएको हो ।