साताको चार दिनमा ५० अर्ब बढीको शेयर कारोबार


यस साता नेप्से परिसूचक १ प्रतिशत बढेको छ। बजार खुलेका ४ कारोबार दिनमध्ये २ कारोबार दिन बढेर नेप्सेले यस साता सो अंक बढेको छ।गत साता २७८७.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता २८.२१ अंक बढेर २८१५.३९ विन्दुमा पुगेको हो।
यस साता सेन्सेटिभ इण्डेक्स ४.७३ अंक बढेर ५०३.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंक बढेको छ।

यस साता बजारमा कुल ५ लाख २२ हजार २६३ पटकको कारोबारमा ५० अर्ब ७७ करोड रुपैयाँ बराबरको ११ करोड ७५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। यस साताको कारोबार रकम गत साताको तुलनामा १ अर्ब ८३ करोड रुपैयाँ कम हो। गत साता ५ दिन खुलेको बजार यस साता ४ दिनमात्र खुलेका कारण कारोबार रकम केही कम भएको हो। यद्यपि, औषत कारोबार रकम भने गत साताभन्दा बढी नै रहेको छ।

यस साता नेप्सेसँगै बजार पूँजीकरण पनि १ प्रतिशत बढेको छ। गत साता ३८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ३९ अर्ब बढेर ३९ खर्ब ६ अर्ब पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *