नेप्सेमा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ।आज लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ७९१ तोकिएको छ।
त्यसैगरी, नेप्सेले सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार २०५ रुपैयाँ कायम गरिएको छ।नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार लुम्बिनीको शेयर प्रतिकित्ता ८३१ रुपैयाँमा र सिद्धार्थको प्रतिकित्ता १ हजार ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित जेठ २८ गते भर्चुअल माध्यमबाट अपरान्ह ४ बजे १६ औं वार्षिक साधारण सभा बोलाएको छ।