किन छाडे जिनेदिन जिदानले रियल मड्रिड


स्पेनिस क्लब रियल मड्रिडको प्रशिक्षकको भूमिकाबाट जिनेदिन जिदान बाहिरिएका छन्। यो सिजन ला लिगाको ट्रफी दिलाउन नसकेका जिदानले मड्रिड छाडेका हुन्। उनले यो दोस्रो पटक मड्रिड छाडेका हुन्। यसअघि पनि २०१८ मा मड्रिड छाडेका उनले १० महिनापछि पुरानै भूमिकामा फर्कँदै लिग उपाधि जिताएका थिए।उनले कुल ११ वटा ट्रफी जिताउन सफल भए। जसमा तीन च्याम्पियन्स लिग, दुई लिग टाइटल, दुई यूईएफए सुपर कप, दुई सुपरकोपा र दुई क्लब विश्वकप रहेका छन्।

मड्रिडले एक विज्ञप्तिम निकाल्दै जिदानको निर्णयको सम्मान गर्ने जनाएको छ। उनले सन २००१ देखि २००६ सम्म मड्रिडबाट खेलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *