नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने चीनको घोषणा


काठमाडौं । चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच भएको टेलिफोन वार्तामा सिले १० लाख डोज दिने घोषणा गरेको नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले जानकारी दिइन्।

टेलिफोन संवादका क्रममा राष्ट्रपति भण्डारीले कोभिड १९ नियन्त्रण र रोकथामका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिइन्। यस्तै, उनले सी समक्ष थप खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन्।

यान्छीका अनुसार १० लाख डोज खोप सहयोग अनुदानका रुपमा नेपाललाई उपलब्ध गराइनेछ।

नेपालमा चीनमा कोरोनाविरुद्ध उत्पादित भेरोसेल खोप प्रयोगमा आइसकेको छ। चीनमा उत्पादित भेरोसेल भ्याक्सिनको पहिलो डोज चैत २५ बाट लगाउन सुरु गरिएको थियो भने दोस्रो डोज पनि दिन सकिएको छ।

चीन सरकारले यसअघि आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *