सरकार,कोरोनाको आडमा जनतामा आतंक फैलाएर सत्ता बचाउन केन्द्रित : नेपाली कांगेस
काठमाडौं । नेपाली कांगेसले कोभिडको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पुरा गर्नका लागि जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कोभिड १९ संक्रमणको रोकथामभन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो।
आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पुरा गर्नका लागि सरकारले कोभिड संक्रमणको नाममा जनतामा आतंक फैलाउन खोजेको ठहर बैठकले गरेको छ। बैठकपछि संञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै सहमहामन्त्री डा प्रकाशशरण महतले कोभिडका नाममा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने कोसिसमा सरकार अघि बढेको बताए। उनले कोभिड संक्रमितको उपचार सुनिश्चित गर्नुभन्दा पनि संक्रमणको आडमा जनतामा आतंक फैलाउने र राजनीतिक स्वार्थ सिद्धी गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताए।
सरकार कोभिड संक्रमणलाई रोकथाम गर्नभन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ। जनतामा आतंक फैलाउन खोज्दै छ।