एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाए स्थायी कमिटी बैठक
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । दिउसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।
बैठकमा माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल हुने र थप कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।नेकपा एमालेका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए ।
विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै प्रधानमन्त्री ओलीले हस्ताक्षरकर्ता सांसदहरुलाई कारबाहीको तयारी गरेको एक नेताले जानकारी दिए ।