जसपा विवाद,ओली सरकारमा सामेल हुनेलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सामेल हुने सदस्यलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओलीको दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक तथा गैरजिम्मेवार कदमविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय पनि गरेको छ ।त्यस्तै, यादव पक्षको बैठकले पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलगायतलाई कारबाही गर्ने निर्णयसमेत गरेको छ ।

“बैठकले जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, विचार, एजेन्डा, विधान र कार्यदिशाविपरीत कार्य गर्दैरगराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टी विधान र नियमावलीबमोजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । साथै, प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भएमा पार्टीबाट स्वतः निष्कासित हुने प्रष्ट गरिएको छ । पार्टीविरोधी गतिविधिमा संलग्न अन्यको बारेमा आवश्यक सूचना संकलन गर्ने र यथोचित कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ,” बैठकको निर्णयबारे आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *