राष्ट्रपतिद्वारा नागरिकता सम्बन्धी अध्यादेश जारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन्।
राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा (१)बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ।
अध्यादेश जारी भएसँगै अब आमाको नामबाट वंशजको नागरिकता सन्तानले पाउने भएका छन्।