सेयर लिलामीमा ल्याउँदै नेशनल माइक्रोफाइनान्स
लघुवित्त वित्तीय संस्थाको संस्थापक समुहको सेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले ८० हजार कित्ता संस्थापक सेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री खुला गर्न लागेको हो ।उक्त सेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले जेठ ३० गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । लगानीकर्ताले उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन पेश गर्न गर्न सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।