सबै नागरिकलाई खोप लगाउने प्रवन्ध मिलाउन सरकारसंग काँग्रेसको माग


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरेर सबै नागरिकलाई लगाउने प्रवन्ध मिलाउन सरकारसँग माग गरेको छ ।
बुधबार बानेश्वरस्थित संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकार जनताको जीवन रक्षाको लागि गम्भिर र संवेदनशिल नभएको निष्कर्ष निकाल्दै कोरोना नियन्त्रण र रोकथामका लागि सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने प्रवन्ध मिलाउन माग गरेको हो ।

जनताको जिवन रक्षाको निम्ति सरकार गम्भिर बन्नुपर्नेमा बैठकले जोड दिएको प्रमुख सचेतक बालकृष्ढा खाँडले बताए । कांग्रेसले कोभिड १९ को सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत विश्लेषण/सन्देश र धारणाले नेपाली नागरिकले ठुलो नोक्सानी बेहोर्नुपरेको ठहर पनि गरेको छ ।
त्यस्तै कोभिड १९ नियन्त्रण तथा उपचारका लागि अन्तर्राष्ट्रिय निकायले गरेको सहयोगको निम्ति धन्यवाद पनि दिइएको छ । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, अस्पताल सञ्चालक तथा व्यवस्थापक, सुरक्षाकर्मी र सरसफाईकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै उनीहरुको मनोबल उच्च बनाउनका लागि सरकारले विशेष प्याकेज ल्याउन आग्रह गरिएको पनि प्रमुख सचेतक खाँडले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *