बालबालिकालाई तेस्रो लहर बाट जोगाउन अस्पताल बनाउन माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित गर्ने विज्ञको अनुमान रहेकाले सातै प्रदेशमा बाल अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले १२ वर्ष माथिका बालबालिकालाई खोप लगाउने प्रक्रिया अगाडि समेत आग्रह गरे ।उनले लेखेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन् । म सरकारलाई केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्ड/आईसीयू लगायतको तयारी र १२ वर्ष माथिकालाई खोप शुरू गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु ।’