लमजुङको भुलभुले आसपास केन्द्र भएर भूकम्प,काठमाडौंसम्मै धक्का


लमजुङ जिल्ला केन्द्रविन्दु भएर बुधवार बिहान भूकम्प गएको छ ।

बुधवार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्पको धक्का राजधानी काठमाडौंसम्म महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसुस गरिएको छ ।

यसअघि वैशाख १५ गते कलंकी केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *