राधी विद्युत कम्पनीको लाभांश घोषणा


काठमाडौं । राधी विद्युत कम्पनीले ३६ दशमलव ५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको जेठ २ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को संचित मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३६ दशमलव ५० प्रतिशत बानेस शेयर वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू।.४७ करोड ३५ लाख ५६ हजार ५०० रहेको छ । सोही पूँजीको आधारमा कर वाहेक उक्त बोनस शेयर वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यो लाभांश कम्पनीको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *